प्रहरीका एसएसपी र सीआईबीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै छानबिन टोली

धनगढी : बैतडीमा युवती मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र सीआईबीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाइएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आशंकामा अनुसन्धानका लागि दुई टोली खटाइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्व नेपाल प्रहरीको टोली र केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा अर्को टोली खटाइएको हो । जिल्लाले गरिरहेको अनुसन्धानमा सहयोग गर्न छुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार घटनाको अनुसन्धानका लागि धनगढीबाट लगेर तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ । तालिम प्राप्त कुकुरसहितको टोली जिल्लामा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै बैतडीका सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशी र सरकारी वकिल कार्यालयका न्याधिवक्ता भानदेव जोशी पनि घटनास्थल पुगेका छन् । यस्तै किशोरीको हत्या गरिएको भन्दै स्थानीयले दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
स्थानीय खोचलेक बजारमा प्रर्दशन र महाकाली राजमार्गमा चक्काजाम गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् । मृतक युवती अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयका विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् । यस्तै नेपाली काँग्रेस अनेरास्ववीयू लगायतले पनि दोषीमाथि कारवाहीको माग गरेका छन् ।
बुधबारदेखि बेपत्ता दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

प्रतिक्रिया