शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

पाटनमा चारपाङ्‍ग्रे सवारी साधन निषेध

ललितपुर महानगरपालिका/फाइल तस्बिर

ललितपुर : सवारी आवागमनमा उत्पन्‍न समस्या न्यूनीकरण गर्न माघ २५ गते आइतबारबाट पाटनढोका(गेट) तर्फ जाने र आउने चारपाङ्ग्रे सवारी साधनहरू निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार सवारी निषेधबारे सूचना जारी गरेको छ ।

ललितपुर महानगरपालिका भित्रको सवारी चाप र साँधुरो बाटोका कारण सवारी आवागनममा उत्पन‍्‍न समस्या न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं र ललितपुर महानगरपालिकाबीच समन्यवय भएको थियो । सोही  आधारमा ललितपुर महानगरपालिका अन्तर्गत यूएनपार्क, ज्वागल, चाकुपाटबाट आउने र पाटनढोका बसपार्कबाट आउने चारपाङ्ग्रे सवारी साधनहरू माघ २५ गते आइतबारबाट पाटनढोका(गेट) तर्फ जान निषेध गरिएको छ ।