काम गर्न नपाउने अवस्था भयो भने प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्छ : ओली
दुई-चार जना पार्टी छोडेर गएपछि आयोगहरू बने

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन संविधान संवत् भएको बताएका छन् । समूहले नारायणहिटीअगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गर्न नदिइएकोले संसद् विघटन गरिएको बताए ।
‘अहिले देशव्यापी बहस भइरहेको छ । विघटनको सिफारिस संवैधानिक छ कि छैन ? जनताले बुझेको कुरा हो । विघटन गर्नु संवैधानिक छ कि छैन,’ उनले भने, ‘म भन्न चाहान्छु । संसदीय प्रणालीमा काम गर्न नपाउने अवस्था भयो भने प्रधानमन्त्रीले विघटन गर्न सक्छ । प्रधानमन्त्रीले संसद् विघटन गर्छ । ताजा जनादेश लिनुपर्छ । हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने ?'
दुई चार जना पार्टी छोडेर गएपछि आयोगहरू बने
उनले दाहाल-नेपालतर्फ इंगित गर्दै केहीले पार्टी छोडेर जानेवित्तिकै विभिन्न संवैधानिक आयोगले पूर्णता पाएको बताए । ‘तीन वर्षसम्म आयोग बनेनन् । दुई चार जना पार्टी छोडेर गएपछि आयोगहरु बने,’ उनले भने, ‘चुनाव भएको तीन वर्षपछि बल्ल आयोग बने । ती मान्छे छउन्जेलसम्म आयोग गठन गर्न सकेनौं ।
ओलीले आयाेग बनेकामा समेत उनीहरूले पीर गरेकाे बताए । 'आयोग बनेकामा कत्रो पीर ?,' उनले भने, 'बनेको भोलिपल्ट नेपाल बन्द । समस्या उठाउँनै नहुने । आयोग बन्न नदिने कस्तो षड्यन्त्र ।’
द्वन्द पीडितक समस्या समाधान हुन्छन्
प्रधानमन्त्री ओलीले द्वन्द पीडितका समस्या पनि समाधान गरिने बताए । ‘हिजो द्वन्द थियो । लडाकुहरू जसलाई जनवाद आउने सुन्दर सपना बाडेर लडाइयो । तिनीहरू आज पीडित छन् । उनीहरूले सहादत प्राप्त गर्नु पर्यो । परिवार बेसहारा भयो । द्वन्द कालमा पीडित भएकाको हेरचाह गर्नका लागि सरकारले समिति बनाएको छ । सबैको हेरचाह गर्नछ । घाइतेको स्वास्थ्यको प्रवन्धन सरकारले गर्नेछ । रोजगारको व्यवस्था सरकारले गर्नेछ,’ उनले भने ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया