अब पञ्चेश्वर बन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर अब निर्माण हुने बताएका छन् ।ओली समूहको नेकपाले आज नारायणहिटी राजदरबार अगाडि सडकमा गरेको आम सभालाई सम्बोधन गर्दै ओलीले अबको ६ महिनाभित्र पञ्चेश्वर को डीपीआर (विस्तृत परियोजना प्रतिवेदन)बन्ने उद्घोष गरे ।
उनले भारतले महाकालीपारिका दोधारा र चाँदनी नगरपालिकालाई १० क्यूमेक्स पानी पनि दिने उल्लेख गरे ।
२०५३ सालमा महाकाली सन्धि गराउने प्रमुख भूमिका निर्वाह गरेका ओलीले पञ्चेश्वर आयोजना निर्माण भएपछि नेपाललाई वार्षिक ५७ अर्ब रुपैयाँ आम्दानी हुने बताउँदै आएका थिए ।ओलीले आमसभालाई ६ महिनाभित्र डीपीआर बनाउने उद्घोष गरे पनि सन्धि लागू भएको ६ महिनाभित्रै उक्त डीपीआर बनाउने भनिएको थियो । तर भारतले अहिलेसम्म मानेको छैन । बरु उसले तल्लो शारदा (जसलाई महाकाली सन्धिले चिन्दैन) मा गइरहेको पानी कट्टा नगरीकन पानीको भाग लगाउने पर्ने अडान राख्दै आएका कारण डीपीआरमा सहमति हुन सकेको छैन । भारतले आफ्नो अडान छाडेको छैन भने नेपाल पनि आफ्नै अडानमा अडिग छ ।
महाकाली सन्धिको पानी आधा र नदी साझा भन्दै पञ्चेश्वर बाट उत्पादन हुने बिजुली पनि आधा भन्ने सहमति छ । तर व्यवहारमा भारतले महाकालीबाट २० हजार क्यूसेक पानी लगिरहेको छ भने नेपालले एक हजार क्यूसेक पानी मात्र उपयोग गर्न पाएको छ ।ओलीले सन्धिको विपक्षमा देखिएका राधाकृष्ण मैनाली, सीपी मैनाली, वामदेव गौतम लगायतका नेताहरुलाई ‘फट्यांग्राले लात्ता हान्दैमा हात्ती ढल्दैन’ भन्दै महाकाली सन्धिको पक्षमा पार्टी निर्णय गराउन सफल भएका थिए ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया