आइतबारबाट चन्द्रागिरीको सेयर कारोबार दोस्रो बजारमा, अधिकतम रेन्ज २९० रुपैयाँ

काठमाडौं : आइतबारबाट चन्द्रागिरी हिल्सको सेयरको दोस्रो बजारमा किनबेच सुरु हुने भएको छ । चन्द्रागिरीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ ।
हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँटपछि कम्पनीको शुक्रबार (२३ माघ) नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबारदेखि दोस्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल सीजीएच दिइएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको छ ।
साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नक्सालको ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

प्रतिक्रिया