शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

दाहाललाई ओलीको प्रश्न : साकाहारी आन्दोलनले हुँदैन भनेर के 'चिकेन चिल्ली' खान्छु भनेको हो ?

काठमाडौँ  : प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल नेपाल समूहका नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई अब मांसाहारी आन्दोलन हुन सक्दैन भन्दै चुनौती दिएका छन् ।  काठमाडौँमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले दाहाललाई मांसाहारी आन्दोलन भनेको कस्तो हो भन्दै प्रश्न पनि गरेका छन् ।  

‘साकाहारी आन्दोलनले हुँदैन भनेर के भनेको ? चिकनचिल्ली खान्छु भनेको हो ? नरभक्षी आन्दोलन गर्छु भनेको हो ?’ उनले भने, ‘अब त्यस्ता दिन गए । यहाँ कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’