ज्यान मार्ने उद्देश्यले नेताहरूमाथि आक्रमण गरिएको दाहाल–नेपाल समूहको आरोप

जनकपुरधाम : नेकपा दाहाल–नेपाल समूहले आफ्ना नेताहरूको ज्यान मार्ने उद्देश्यले सुनियोजित रुपमा प्रहरीद्वारा आक्रमण गरिएको आरोप लगाएको छ । शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का सांसद् शत्रुध्न महतोले केपी शर्मा ओलीको इसारामा प्रहरीद्वारा ज्यान मार्नेगरी आक्रमण गरिएको आरोप लगाए ।
शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना पार्टीका शीर्ष नेताहरूमाथि ज्यान मार्ने उद्देश्यले बर्बरतापूर्वक लाठी र पचासौं राउण्ड गोली फायर गरिएको उनको आरोप छ ।
त्यस्तै नेकपा संघर्ष समिति धनुषाका इन्चार्ज सुधिर साहले पनि शान्तिपूर्ण आन्दोलनमा ओलीकै षड्यन्त्रमा आन्दोलनकारीमाथि गोली प्रहार भएको दाबी गरे । नेता कार्यकर्ताहरूमाथि गरिएको आक्रमणविरुद्ध चाँडै कडा आन्दोलनको घोषणा गर्ने उनले चेतावनी दिए ।
बिहीबार आमहड्तालको क्रममा जनकपुरधाममा गरिएको प्रदर्शनको क्रममा दाहाल–नेपाल समूहका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू घाइते भएका थिए । घाइतेमध्ये पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झासहित शहीदनगर नगरपालिका प्रमुख उदय बरबरिया, नेता प्रदीप साह गम्भीर घाइते भएका थिए । उनीहरूको हाल काठमाडौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया