कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

जनकपुरधाम : सिरहा प्रहरीले कटुवा पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । बिहीबार बिहान जिल्लाको कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजारबाट सवारी चेकजाँचको क्रममा एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र लागू औषध नाइट्रोभेटसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा स.७ प.२५५३ नम्बरको मोटरसाइकलमा सवार स्थानीय २२ वर्षीय युवक डिम्पल यादवको साथबाट सो हतियार र लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले डिम्पललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनामा स्थानीय २२ वर्षीय प्रेमनाथ यादवको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको कुरा प्रहरी नायब उपरिक्षक शालीग्राम शर्माले बताएका छन् । उनको साथबाट फेला परेको हतियार, लागूऔषध र प्रयोग भएका गाडीसमेत नियन्त्रण लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको शर्माले जानकारी दिए ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया