२८ गते खुल्ने लघुवित्तको आइपीओ सर्यो

काठमाडौं : २८ माघमा खुल्ने भनिएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले मिति परिवर्तन गरेर माघ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।
शुक्रबार एक सूचना जारी गर्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै कम्पीलाई मिति परिवर्तन गर्न गत २२ गते पत्रचार गरेको भन्दै ३० माघ बाट आईपीओ जारी गर्ने जानकारी दिएको छ ।
माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म छ ।
कम्पनीले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।
निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया