सेनाद्वारा बाँके निकुञ्जबाट हतियारसहित ९ जना पक्राउ

काठमाडौँ : नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त टोलीले बाँके राष्ट्रिय निकुञ्जबाट ९ जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ । सेनाको निकुञ्जमा संचालित "अपरेशन महाहण्ट-७" मा खटिएको टोलीले हतियारसहित निकुञ्ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारीमा संलग्न रहेको अभियोगमा ९ जनालाई नियन्त्रणमा लिएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ पर्नेमा सल्यानके जिल्ला, कालिमाटी गाउपालिका-३ का ५९ वर्षीय भिमबहादुर खनाल, सोही गाउँपालिका-२ का ५० वर्षीय रत्न थापामगर, ५२ वर्षीय कृष्णबहादुर थापा, ५१ बर्षीय सोमबहादुर खत्री, ३२ वर्षीय टेकबहादुर कुंवर, २९ वर्षीय कुमार थापा, २२ वर्षीय धनबहादुर थापा, २६ वर्षीय देवप्रसाद थापा र ३९ वर्षीय तिलक डांगी छन् ।
खनाललाई पक्राउ गरी थप सोधपुछ गर्ने क्रममा उनीहरू पनि संलग्न रहेको खुल्न आएको निर्देशनालयले जनाएको छ । पक्राउ परेकाहरूले गोठ तथा घर नजिकको झाडीहरूमा लुकाएर राखेको अवस्थामा बरामद भएका ६ नाल भरुवा बन्दुक पनि आवश्यक कारबहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया