प्रदर्शनको क्रममा प्रदेश २ मा ६१ जना पक्राउ

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आमहड्तालको क्रममा प्रहरीले प्रदेश २ मा ६१ जनालाई नियन्त्रणमा लिएकाे छ । बन्द गराउँदै हिँडेका प्रदेश २ का दाहाल-नेपाल समूहका ६१ जनालाई नियन्त्रणमा लिएकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार सबभन्दा बढी पर्सा जिल्लाबाट ३१ जनालाई नियन्त्रणमा लिइएकाे हाे । त्यस्तै धनुषाबाट ११, महोत्तरीबाट ५, रौतहटबाट ६, बाराबाट ८ र सिरहाबाट २ जनालाई नियन्त्रणमा लिइएको हो । सर्लाही र सप्तरी जिल्लामा प्रदर्शन शान्तिपूर्ण भएको र कसैलाई नियन्त्रणमा नलिइएकाे प्रहरीले जनाएकाे छ ।
अन्य जिल्लाहरुमा प्रदर्शनको क्रममा सवारी साधन र पसलहरुमा तोडफोड गरेकाेले नियन्त्रणमा लिइएकाे प्रदेश प्रहरीका प्रवक्ता कृष्ण प्रसाईँले जानकारी दिए ।नियन्त्रणमा लिइएका मध्ये सिरहा जिल्लाका बाहेक अन्य सबै जिल्लाका ५९ जनालाई साँझ ५ बजेपछि रिहा गरिएकाे प्रहरीले जनाएको छ ।

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया