दाहाल-नेपाल गठबन्धन अपवित्र छ : ईश्वर पोखरेल

काठमाडौँ : नेकपा ओली पक्षका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल-नेपालबीचको गठबन्धन अपवित्र रहेको बताएका छन् । बिहीबार नेकपा बागमती प्रदेश कमिटीद्वारा आयोजित स्वयंसेवक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले माधव नेपालले सधैँ पार्टीभित्र कुण्ठामात्र पाल्ने गरेको भन्दै दाहाल नेपालको गठबन्धन अपवित्र रहेको बताएका हुन् ।
उनले माधव नेपालको विचारहरु कुण्ठाको भारी बोकेको एउटा पात्रले बोल्ने बिचार रहेको बताए । अन्तरविरोधमा खेल्ने दाहाल र कुण्ठामा रमाउने माधव नेपालको गठबन्धनलाई पराजित गर्दै लैजाने उनको दाबी छ । पोखरेलले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि सरकार र पार्टीलाई आफ्नै नेताहरुबाट असहयोग मात्र मिलेको बताए ।
उनले पार्टीमा भागबण्डा खोजेकै कारण संवैधानिक आयोगमा लामो समय नियुक्त गर्न नसकिएको भन्दै दाहाल–नेपाल पक्ष बाहिरिएसँगै सहज रुपमा आयोगले पूर्णता पाएको पनि बताए ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया