पूर्वमन्त्री यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

जनकपुरधाम : जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएकामध्ये पूर्वमन्त्री मातृका यादव र रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ । प्रहरीको लाठी चार्जबाट घाइते भएका यादव र झासहित शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
उनीहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि
काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादवले जानकारी दिए । उनकाअनुसार चारै जनालाई काठमाडौंस्थित टिचिङ अस्पतालमा लगिएको हो ।
झाको टाउकोमा गहिरो चोट छ । यादवको भने तिघ्राको माथिल्लो भागमा अस्रु ग्यासकाे सेलले लागेर निकै असर पुर्याएकाे छ । तिघ्रासँगै उनको अण्डकोषमा समेत गम्भीर चोट लागेको छ । नगरप्रमुख बरबरिया र नेता साहलाई टाउको र शरीरका अन्य भागमा चोट देखिएको छ ।

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया