एकीकरण मार्गको दोस्रो कार्यक्रम सुरु

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले "एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७" को उद्घाटन गरेका छन् । जङ्गी अड्डास्थित सभामण्डप हलमा थापाले कार्यक्रम सुभारम्भ गरेका हुन् ।
सेमिनारको मुख्य आदर्श भाव "एकीकरण मार्गको चाहना : राष्ट्रिय एकताको भावना" रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेमिनार मिति २५ माघमा प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट समापन हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।
सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु गरेको कार्यक्रमअन्तर्गत गतवर्षदेखि सरकारको नीति तथा कार्यक्रमको रूपमा निरन्तरता पाइरहेको छ ।
सेमिनारबाट प्राप्त हुने प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माणको लागि साझा बुझाईको निर्माण, ऐक्यबद्ध एवं समन्वयात्मक प्रयास हुनुको साथै राष्ट्रिय एकताको प्रबर्द्धनमा सहयोग पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएको सेनाले बताएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया