शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

दाहाललाई ओलीको व्यंग्य : जनताको दुःख हेर्न गाडीको सयर

फाइल तस्बिर

काठमाडौँ  :  प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई अनावश्यक रुपमा हप्की दप्की नगर्न र कानूनको पालना गर्न सुझाव दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो सुझाब दिएका हुन् ।  

दाहाल–नेपाल समूह आक्रामक ढंगले अघि बढेको तथा नियम तोड्ने धाकधक्कु लगाउने र कानुन मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिँदै हिँडेको ओलीको आरोप छ । उनले कानुन मान्दिनँ भन्ने जमाना नभएको बताए ।  

‘कानुनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याइँको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु,’ उनले भने, ‘ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रोप मच्चाएर हिँड्नुभएको थियो । त्यो जामाना गयो । अब कानुनको पालना गर्नुहोस् । अदालतलाई, निर्वाचन आयोगलाई धम्क्याएको छ । हामी यहाँ छौ भनेको छ ।’  

आम हड्ताल गरेर दाहाल नेपाल समूहले जनतालाई दुख दिएको ओलीको भनाइ छ ।  ‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याँकेर क्रान्तिकारीता देखाउनुभयो,’ उनले भने, ‘अरुका गाडी जलाउनु भो आफू गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर तमासा हेर्दै हिड्नुभयो । अर्को गाडी चढ्न अलि भएन, आफैँले बन्द गरेर गाडी नै त नचढुँ भनेर बाईक सम्म त हुन्छ भने र बाईक लिएर हिड्र्दै जनताले कति दुख पाए भनेर रमिता हेर्दै हिड्नु भो ।’ 

ओलीले कार्यकर्ता जति आफ्नो समूहमा रहेको र दाहाल नेपाल समूह रित्तिएको पनि बताए । ‘कार्यकर्ता सिद्धिएछन् कार्यकर्ता यता छन् कहाँ बाट होस् त उता,’ उनले भने, ‘ कार्यकर्ता सिद्धिएछन् अनि आफै हामी यहाँ छौ भन्ने एउटा टास्यो । अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिइराखेको । उभिएको कस्तो ठाउँमा फेरी सातदोबाटोमा । साइनबोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् । आफै उत्रनुभयो ।’