शपथछि प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न उठ्यो : विवेकशील साझा

काठमाडौँ : विवेकशील साझा पार्टीले संवैधानिक नियुक्ति असंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधिन रहेको बेला आफै उपस्थित भएर शपथ गराएपछि प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न उठेको बताएको छ । पार्टी प्रवक्ता शरदराज पाठकले बिहीबार विज्ञप्ति जारी गरेर यस्तो बताएका हुन् ।
पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नियुक्ति असंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा आफै उपस्थित भई शपथ ग्रहण गराउने कार्यले प्रधानन्यायाधीशमाथि पनि नैतिक प्रश्न खडा भएको छ।'
संसदीय सुनुवाइविना संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोमा पनि पार्टीले आपत्ति जनाएको छ। प्रतिनिधि सभा विघटन गरी मुलुकलाई अस्थिरतातर्फ धकेलेको केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको उक्त नियुक्ति संविधानमाथिको फेरी अर्को घातक प्रहार भएको पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन् । श्रृंखलाबद्ध रूपमा असंवैधानिक कदमहरू चाल्दै सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको पार्टीले बताएको छ।
सरकारको असंवैधानिक कदमलाई राष्ट्रपतिले सहजै सदर गरिदिनु दुर्भाग्यपूर्ण भएको पनि पार्टीले बताएको छ। विज्ञप्तिमा प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिको समर्थन गर्नु आफू र आफ्ना सन्ततिको भविष्यमाथि बन्चरो प्रहार गर्नु भएको उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीले सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहडताल जस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया