फ्रान्समा चर्च नजिकै चक्कु प्रहार गरी तीन जनाको हत्या

काठमाडौं : मुस्लिम विश्वले फ्रान्सलाई खेदिरहेको अवस्थामा फ्रान्सको नाइस सहरको एक प्रसिध्द चर्चनजिक चक्कु आक्रमणबाट तीन जनाको ज्यान गएको छ । चक्कु आक्रमण गर्ने शंकास्पद अभियुक्तले पटक-पटक अल्लाह अकबरको नारा लगाएको जनाकारी त्यहाँको मेयरले दिएका थिए ।
बिहीबार बिहान भएको चक्कु आक्रमणमा दुई महिला र एक पुरुष मारिएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार नाइस सहरको प्रसिध्द चर्च नोट्रेडम बासिलिका नजिकै आतंककारी आक्रमण भएको हो । तीन जनाको ज्यान गुमेको त्यहाँका मेयर क्रिश्चियन इस्ट्रोसीले नै जानकारी दिएका थिए । जानकारी अनुसार एक जना महिलाको टाउको नै छिनालिदिएको प्रहरीले उल्लेख गरेको छ । मारिएका तीन मध्ये एक चर्चका कर्मचारी थिए ।
घटनाका शंकास्पदलाई लगत्तै समातिएको पनि जनाइएको छ । बिहीबार रातिदेखि लागू हुने लकडाउनका नयाँ नियमहरु जानकारी दिइरहेको बेला ‘राष्ट्रिय सभा’मा आतंकवादी हमलाको सूचना आएको थियो । सूचना लगत्तै एक मिनेट मौन धारण गरिएको पनि फ्रान्सेली संचारमाध्यमले जनाएका छन् । सोही सहरमा चार वर्षअघि भएको भयानक आतंकवादी हमलामा ८६ मानिसको ज्यान गएको थियो ।
फ्रान्सलाई यतिबेला मुस्लिम विश्वले फरक दृष्टिले हेरेको मात्र छैन । उ विरुद्ध अधिकांश मुश्लिम विश्व एक बनेको छ । फ्रान्सको कुनै पनि उत्पादन उपयोग नगर्ने र राष्ट्रपति इम्मानुयल माक्रोनविरुध्द चर्को नारावाजी गर्ने काम भइरहेको छ ।

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया