शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

ओलीले अधिनायकवादी चरित्र देखाइरहेका छन् : माधव नेपाल

फाइल तस्बिर

काठमाडौँ :  नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्काे अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका छन् ।   आफ्नो पक्षले आम हड्तालको निरिक्षण गर्न काठमाडौंका बिभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले कामचलाउ प्रधानमन्त्री ओलीले संविधान मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताएका हुन् ।

नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको भन्दै आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे । अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेको उनको भनाइ छ । उनले ओलीले प्रतिनिधिसभाको हत्या गर्ने प्रयास गरेको र संविधान कुल्चने काम गरेको जिकिर गरे । नेपालले आफ्नो पक्षको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षप गरेको पनि बताए ।