भन्सार छलेको २२ लाख बढीको सामाग्री बरामद

जनकपुरधाम : धनुषा प्रहरीले भन्सार छलेर भारतबाट ल्याएको २२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य पदार्थ र लत्ताकपडासहितको सामाग्री बरामद गरेको छ । सुरक्षा गस्तीमा खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट २२ लाख ८७ हजार ५ सय ९० रुपैयाँ मूल्य बराबरको भन्सार छलेर भारतबाट ल्याएको सामाग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले सीमावर्ती क्षेत्र नगराइन नगरपालिकाको जटहीबाट १० लाख २७ हजारभन्दा बढीको लत्ताकपडा र भाडा तस्करहरूबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।
त्यसैगरी जनकनन्दनी गाउँपालिका १ निवासी कमली देवीको घरबाट भन्सार छलेर ल्याएका पान मसला राजनिवास, काठ रंग्ने चपरा, फलफूल पकाउने कार्बेट र एकथान मोटरसाइकलसहित १० लाख मूल्यभन्दा बढीको सामाग्री छापामारी गरी बरामद गरिएको उनले जानकारी दिए ।
शहीदनगर नगरपालिका ६ बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले सुतीको साडी, गम्छा, लेडिज सुट पिसलगायतका कपडा र मोटरसाइकलसहित साढे लाखभन्दा बढी मूल्य बराबरको सामाग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सबै सामाग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको मिश्रले जानकारी दिए । चाडपर्व नजिकदै जाँदा भन्सार छली गरी भारतबाट खाद्य पदार्थ र लत्ता कपडासहितका सामाग्रीको चोरी पैठारी बढन थालेपछि प्रहरी सक्रियता बढाएको हो ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया