कटुवा पेस्तालसहित दुई युवक पक्राउ

जनकपुरधाम : सिरहा प्रहरीले बिहीबार कटुवा पेस्तोल सहित दुई युवकलाई पक्राउ गरेको छ । बिहान जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुर बजारबाट सवारी चेकजाँचको क्रममा एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र लागू औषध नाइट्रोभेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा स.७ प.२५५३ नम्बरको मोटरसाइकलमा सवार स्थानीय २२ वर्षीय युवक डिम्पल यादवको साथबाट हतियार र लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले डिम्पललाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा घटनामा स्थानीय २२ वर्षीय प्रेमनाथ यादवको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।
प्रहरीले यादवद्वयलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको शर्माले बताए । उनीहरूको साथबाट फेला परेका हतियार, लागू औषध र प्रयोग भएका गाडीसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_Grrt13A1bT_f8s2nm1dxtsazwppyw1jvxlec5qvi94pbfdn2xehglkzce4run7jzbedqrna.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

प्रतिक्रिया