दुर्घटनामा एकको मृत्यु

झापा : पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा आज सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी हस्पिटल लगिएको थियो । अस्पताल पुर्याउन साथ उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । बसका चालक बिर्तामोड-७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । रासस

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_9e10PVHV8h_ryyhbn4wci48potrstufbgcr2gk0ektbaz1sctdraffsarntsihe7aujbz44_vhli58pmBU_scjiguhwlchzehsbuapbyd3yjmpm5uz8iqson8u8ixcdxmgzjls1yii89gef.jpg)
सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

प्रतिक्रिया