सुध्रिएन लिभरपुलको प्रदर्शन, ब्राइटनसँग पराजित

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग पराजित भएको छ । बुधबार राती भएको खेलमा लिभरपुल ब्राइटनसँग १-० गोलले पराजित भएको हो । ब्राइटनका लागि स्टिभन एल्जेटले विजयी गोल गरे ।
पछिल्ला दुई खेलमा सन्तोषजनक नतिजा निकालेको लिभरपुल फेरि खराब अवस्थामा पुगेको छ । साविक विजेता भएपनि लिभरपुलका खेलाडीको प्रदर्शन एकनास नहुँदा यसपटक उसले उपाधि रक्षा गर्ने सम्भावना कमजोर बन्दै गएको छ ।
हारपछि लिभरपुल शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग ७ अंकले पछि परेको छ । उपाधि होडमा गम्भिर धक्का व्यहोरिरहेको लिभरपुलको ४० अंक छ भने सिटीको ४७ अंक छ । जित निकालेको ब्राइटन भने २४ अंकसहित १५ औँ स्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया