बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

संवैधानिक निकायको असंवैधानिक नियुक्तिप्रति घोर आपत्ति छ : रामचन्द्र पौडेल

फाइल तस्बिर

काठमाडौँ  :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेको भन्दै संगठित प्रतिरोध गर्न आग्रह गरेका छन् ।  पौडेलले वर्तमान सरकारले संविधान विपरित अध्यादेश ल्याएर  संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरु आपत्तिजनक मात्रै नभएर लोकतान्त्रिक मूल्य र मान्यता विपरित भएको बताएका हुन् ।   

पौडेलले असंवैधानिक नियुक्तीकाविरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकलाई अपिलसमेत गरेका छन् ।  

‘ओली सरकारले संविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन्,’ उनले ट्वीटरमा लेखेका छन्, ‘यस्ता असंवैधानिक नियुक्तिका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, वुद्धिजीवी र आम नागरिकमा अपिल गर्दछ।’