२५० केजी गाँजासहित पक्राउ

काठमाडौँ : सुनसरी सदरमुकाम इनरुवा-१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका-९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका-१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
धनकुटाबाट को १ च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङगको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए । पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया