विशेषले माग्यो भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड धरौटी
काठमाडौँ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश अजिज मुसलमानको सयुक्त इजलासले गुरुङसँग दुई करोड रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
आदेशपछि गुरुङ बैंक ग्यारेन्टी जुटाउने प्रयासमा लागेका उनी निकट स्रोतले बतायो । ग्यारेन्टी बुझाएमा उनी आजै घर जान पाउँनेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसंग ५० करोड ४७ लाख रुपैयाँ बिगो माग गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।
गुरुङ बुधबार बिहान अदालतमा हाजिर हुन आएको र न्यायाधीशद्वय कार्की र मुसलमानको इजलासले धरौटी लिएर छोड्न आदेश दिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया