सुकुम्बासीका समस्या समाधान गर्न माधव नेपालले अवरोध गरे : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सकारको प्रयासमा अवरोध गर्नेकाम भइरहेको बताएका छन् । भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीले काठमाण्डौमा बुधबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव कुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्याएको आरोप लगाएका हुन् ।
माधव कुमार नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिदै ओलीले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे । ‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो । माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्धा लगाएर लच्चिएको लच्चियै काम हुन पाएन,’ ओलीले भने ।
ओलीले नेपाललाई व्यंग्य गर्दै खिल्ली पनि उँडाए । ‘भूमि व्यवस्था समाधान हुन नदिने विषयमा एउटा हाजिरी जवाफ प्रतियोगिता जस्तो चलाइहालुँ । तपाईहरुला म सोध्छु । सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरु मध्येको मुख्य नेता को हो ?’ ओलीले भने, ‘माधव नेपाल ।’ प्रधानमन्त्री ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै उनले ‘छलफलवाला मान्छे’ को संज्ञा दिए ।
‘माधव नेपाल र नारायणकाजी भन्ने दुई जना मान्छे पार्टीमा थिए । तीनीहरु सबै छलफल हुनुपर्छ भन्ने । जतिबेला पनि छलफल हुनुपर्छ भन्ने । छलफलवाला मान्छे मैले नेपालमा भेटाएको ३ जना मान्छे,’ उनले भने, ‘एउटा माधव नेपाल, अर्को नारायणकाजी श्रेष्ठ, अर्को घनश्याम भुसाल । जहिले जे मा पनि छलफल हुनुपर्छ । छलफल गर्नुपर्छ । सुकुम्बासी आयोग बनाऔ । छलफल गर्नुपर्छ । बनायो । किन बनाईयो ? छलफल हुनुपर्छ । पुर्णता दिउँ । छलफल हुनुपर्छ । प्रतिनिधि मागौँ । होइन छलफल हुनुपर्छ । छलफलवाला मान्छेहरुले पार्टी छोडे पाटीतिर लागे । तिनीहरुको पाटीको बास हुन थालेपछि आयोग बन्यो । पूर्णता पाएको छ । काम बन्छ ।’
उनले पार्टीमा सुद्धिकरण आवश्यक रहेको र सुद्धिकरण आवश्यक रहेकाहरु आफैँ किनारा लागेको बताए । । पार्टी छोडेर पाटीमा गएकाहरुले आफ्नो अभिष्ट पुरा गर्न नेपाल बन्द गरेर जनतालाई दुख दिने काम गरेको टिप्पणी गरे । ‘उनीहरु किन छटपटाएका छन् ? नेपाल बन्द रे ? जनताले के बिगारेको थियो र ? जनतालाई किन दुख दिनुपर्यो नेपाल बन्द गरेर ? पार्टी छोडेर आफुहरु पाटीमा लाग्छन् । अनि बन्द गरेर जनतालाई दुख दिने ?बन्द भन्या के ? हिडडुल गर्न नपाउने । बन्द भन्या के ?,’ उनले भने, ‘पसल खोल्न नपाउने । किन्न जान नपाउने । पढ्न जान नपाउने । बन्द भनेको जनतालाई दुख दिने । त्यो किन गर्नुपरेको छ ? के का लागि गर्नुपर्यो बन्द ?’

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया