बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न कार्यकर्तालाई कोइरालाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका नेता डा‍ शेखर कोइरालाले पार्टीको आन्तरिक गुटबन्दी र भागवन्डा छोडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । जनताको मतबाट लेखिएको संविधान कम्युनिस्टहरूबाट च्यातिन सक्ने खतरा रहेकोले संविधान जोगाउँने कार्यभार कांग्रेसको काँधमा आएको उनले बताए । 

मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसद पुनःस्थापना नभएसम्म कांग्रेसले सडक संघर्ष नछोड्ने बताए ।