संवैधानिक निकायको नियुक्ति तथा शपथमा कांग्रेसको विमति

काठमाडौं : संवैधानिक निकायमा गरेको नियुक्ति तथा शपथप्रति नेपाली कांग्रेसले विमति जनाएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको शपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले भनेका छन्, 'विधि उलंघनको प्रवृत्तिप्रति हाम्रो प्रष्ट विमति छ ! संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको शपथग्रहण ।' संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको समेत उनले बताएका छन् ।
बुधबार अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शीतल निवासमा सपथ ग्रहण गराइएको थियो ।
विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 3, 2021
क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश
२)त्यसपछिको बैठक ३)आजको सपथग्रहण l
दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी l pic.twitter.com/BUgxZiX530

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया