दाहाललाई लिखित जवाफसहित आफैँ उपस्थित हुन सर्वाेच्चको आदेश

काठमाडौँ : सर्वाेच्च अदालतले अदालतको अवहेलनाको मुद्दामा नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफसहित आफैँ उपस्थित हुन अदालतले आदेश दिएको छ । न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक हप्ताभित्र अदालतमा आफैँ हुन आदेश दिएको हो ।
दाहालविरुद्ध अधिवक्ता समिर हायूले दाहालले गत शुक्रबार विराटनगरमा भएको सभामा सर्वाेच्चले प्रतिनिधि सभा विघटन पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाउने चेतावनी दिएर अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए । दाहालले अदालतप्रति भरोसा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङ गरेको आरोप पनि लगाउँदै आएका छन् ।
‘यसमा के कसो भएको हो ? माग बमोजिम अवहेलनामा कारबाही किन हुन नपर्ने हो ? म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक ७ (सात) दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाउँबाट आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि पेश गर्नू’ न्यायाधीश शर्माको आदेश पत्रमा भनिएको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया