पूर्वजनमुक्ति सेनालाई समायोजन गर्नेगरी पार्टीमा विशेष कमिटी बनाउने दाहालको प्रतिवद्धता

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पूर्वजनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् । बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वजनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताए ।
उनले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भए पनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए/नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना समेत गरे । अध्यक्ष दाहालले जनमुक्ति सेनाको सम्मानमा जनयुद्दका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराए ।
अध्यक्ष दाहालले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भए पनि उक्त निर्णय लुकाइएको बताए । उनले जनयुद्धको घाइतेहरूलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरे पनि अस्वीकार गरेको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उनकोे भ्रममा नपर्न आग्रह गरे ।

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया