आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा

काठमाडाैँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् ।  जोशीले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा बुझाएको राष्ट्रपति कार्यालयका जगन्नाथ पन्तले इकागजलाई जानकारी दिए ।   

प्रमुख आयुक्त नविनकुमार घिमिरेले अवकाश पाएपछि जोशीले कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । जोशी आयुक्त हुँदा अहिले प्रमुख आयुक्त बनेका प्रेमकुमार राई अख्तियारकै सचिव थिए । 

‘आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा.गणेश राज जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७७/१०/२१ गतेदेखि लागू हुने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको छ’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।