'राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई बर्खास्त हुनबाट जोगाउन निर्वाचन घोषणा'

काठमाडौँ : नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको सातौ भेलालाई सम्बोधन गर्दै थापाले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको बताएका हुन् ।
उनले नेकपाको दाहाल-नेपाल समूहलाई पनि आत्मआलोचना गरेर पार्टीमा फर्कन आग्रह गरे ।
थापाले विघटित प्रतिनिधि सभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय गरिएको बताए । उनले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने काम गरेको बताए । थापाले आफूहरु नै आधिकारीक नेकपा भएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिए ।

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया