प्रदेश सभाको वार्षिकोत्सव चलिरहँदा एक सांसद् बेहोस

जनकपुरधाम : प्रदेश २ प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम चलिरहेकै बेला एक प्रदेश सांसद् बेहोस भएकी छिन् । प्रदेशसभा स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उपस्थित महोतरीकी प्रदेश सांसद किरण यादव अचानक बेहोस भएकी हुन् ।
कार्यक्रम स्थलबाट उनलाई उपचारको लागि प्रदेश प्रमुखको निवासमा लगिएको छ । कार्यक्रममा सहभागी चिकित्सकहरू उनको उपचारमा खटेका छन् । सांसद यादवले आज बिहानै रक्तदान गरेकी थिइन । उनी कमजोरीको कारण बेहोस भएको हुनसक्ने अनुमान गरिएको छ ।
अहिले उनको उपचारमा हालमै नियुक्त भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहसहितका चिकित्सक टोली खटेको छ। यादव तात्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद हुन् ।

कुलोमा बगेर बालिकाको मृत्यु

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

प्रतिक्रिया