तीन वर्षमा पनि टुंगिएन प्रदेश २ को नाम र राजधानी

जनकपुरधाम : प्रदेश सभा गठन भएको तीन वर्ष पुगे पनि प्रदेश २ को नामाकरण र स्थायी राजधानीको विषय अझै टुंगिएको छैन । पछिल्लो पटक चैतमा नाम र राजधानीको विषय टुंग्याउन निर्वाचनसमेत गरिएको थियो । तर नाम र राजधानीका विषयमा प्रदेश सभामा दुई तिहाइ मत नपुगेपछि असफल भयो ।
प्रदेश सभामा नामाकरणका लागि ४ र राजधानीका लागि ३ प्रस्ताव गरिएकोमा कुनै पनि पक्षले दुई तिहाइ मत ल्याउन सकेन । राजधानी जनकपुरधामका लागि विशेष अध्ययन समितिबाट सर्वसम्मति भए पनि मतदानमा अस्वीकृत भएको थियो ।
प्रदेशको नामाकरणका लागि मतदानमा सत्तापक्ष मधेस केन्द्रित दलहरूबाट ‘मधेस प्रदेश’ नाम प्रस्तावित गरिएको थियो भने कांग्रेस र सत्तारुढ दलको केही सांसदहरूले ‘मध्य मधेस प्रदेश’, नेपाली कांग्रेसको ‘मिथिला भोजपुरा प्रदेश’ र नेकपाको ‘जानकी प्रदेश’बहुमतले अस्वीकृत भएको थियो ।
राजधानीका लागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच जनकपुरधाम राख्ने सहमति भए पनि सतारुढ दलले प्रदेशको नाम मधेश प्रदेशमा अडान राखेपछि बहुमत पुगेको थिएन । कुल १०७ सदस्य मध्ये दुईतिहाइका लागि ७२ मत आउनुपर्नेमा कुनै पनि प्रस्तावले बहुमत प्राप्त गर्न सकेको थिएन ।
हुनत नाम र राजधानीको विषयमा टुंगो लगाउन प्रदेश २ सरकारले सुरुवातमा डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोगसमेत गठन गरेको थियो । आयोगले प्रदेश २ का आठै जिल्लामा कार्यक्रमगरी जनस्तरबाट सुझाव संकलन गरेर सरकारलाई २०७३ वैशाख १९ गते प्रतिवेदन बुझाएको थियो ।
प्रदेशको नाम मधेस प्रदेश राख्न ७० प्रतिशत जनताले सुझाव दिएका थिए । समितिले स्थायी राजधानी जनकपुरधामलाई नै कायम गर्न ८० प्रतिशत जनसमर्थन जुटाएको थियो । तर प्रदेश सरकारले कार्यान्वयनमा ल्याउन सकेन ।
आयोगले जनताबाट दुई तिहाइभन्दा पनि बढी समर्थन जुटाउँदा पनि मतदानको क्रममा दलीय कारणले बहुमत ल्याउन नसक्नु प्रदेश सरकारको कमजोरी भएको समितका सदस्यहरू बताउँछन् । हुनत राजधानी जनकपुरधाम राख्नेमा आन्तरिक सहमति प्रदेश सरकारले जुटाइसकेको थियो ।
दुई तिहाइ बहुमतको आभावमा प्रदेशको नाम र राजधानी हालसम्म टुंगो लाग्न नसकेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव बताउँछन् । 'सत्तारुढ दलसँग दुई तिहाइ बहुत नभएको कारण अहिलेसम्म ढिलाई भइरहेको उनको भनाइ छ ।
तर अन्य दलसँग समन्वय र सहकार्य भइरहेको कारण आगामी केही दिनमै प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्नेगरी सरकारले टुंगो लगाउने उनले दाबी गरे । प्रदेश २ मा सत्तारुढ जसपाको ५६, कांग्रेसको १९ र नेकपाको ओली समूहको १२ र प्रचण्ड नेपाल समूहको २० जना सांसद रहेका छन् ।

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया