देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेसको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी हिन्दु धर्मालम्वीहरुको महान चाड विजयादशमीको दिन देहरादुनमा नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिटबारे भारत सरकारको ध्यानाकर्षण गराउन र उनीहरूको अविलम्ब रिहाइ गर्न माग गरेका हुन् । ‘देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकारसमक्ष माग गर्दछ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत रहेकाले जो जहाँ पढिरहेका छन् सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरूको भएको कांग्रेसले बताएको छ ।
कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानबारे गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना दोहो¥याउन नदिन आवश्यक सतर्कता अपनाउन सरकारलाई आग्रह गरिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

प्रतिक्रिया