दुई रातो कार्ड खाएको आर्सनल पराजित

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वुल्भ्ससँग पराजित भएको छ । मंगलबार राती भएको खेलमा आर्सनले वुल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । दुई वटा रातो कार्ड खाएपछि ९ खेलाडीमा सिमित भएको आर्सनललाई हराउन वुल्भ्सका रुबेन नेभेस र जोओ माउटिन्होले गोल गरे ।
आर्सनलका निकोलस पेपेले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । पहिलो हाफमा डेभिड लुइज र दोस्रो हाफमा ब्रेण्ड लिनोले रातो कार्ड खाएपछि ९ खेलाडीमा सिमित भएको आर्सनल पराजित हुन पुगेको हो ।
हारसँगै आर्सनल २२ खेलबाट ३१ अंकसहित दशौँ स्थानमा धकेलिएको छ । वुल्भ्स भने २६ अंकसहित १४ औँ स्थानमा छ । मंगलबार रातीकै अन्य खेलमा शेफिल्ड युनाईटेडले वेष्ट ब्रोमलाई २-१ र क्रिष्टल प्यालेसले न्युक्यासललाई पनि २-१ गोल अन्तरले नै हराएका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया