हिमालयन बैंककाे मोबाइल बैंकिङबाट राजस्व भुक्तानी हुने
काठमाडौँ : हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली सुरुवात गरेको छ । उक्त सेवाको सुरुआतसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । यस्तै, मोबाइल बैंकिङको एनपीआइमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ । बैंकले पहिलेदेखि नै आफ्नो मोबाइल बैंकिङ च्यानलबाट कनेक्ट आइपिएसमार्फत रियल टाइम अनलाइन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ । यस्तै, मोबाइल बैंकिङबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व सङ्कलनको प्रक्रियामा ग्राहक एवं सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।
अब अनलाइनमार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपिएसको मोबाइल बैंकिङ एप्ससहित हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट पनि गर्न सकिने छ । हिमालयन बैंक वाणिज्य बैंकमध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणालीमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया