महिला लिग : चन्द्रपुरमाथि वालिङकाे सहज जित

काठमाडौँ : राजधानीमा जारी महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जाले चन्द्रपुर नगपालिकामाथि ३-० को सहज जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन विदेशी खेलाडी गोल गरे ।
खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी टोउटा ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन् । पहिलो हाफ सकिने अन्तिम मिनेटमा खेलको ४५ औं मिनेटमा क्यामरुनकै मेथो रुथले गोल गर्दा वालिङले पहिलो हाफमा २-० को अग्रता पाएको थियो ।
५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३-० को अग्रता दिलाइन् । त्यसपछि चन्द्रपुरले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र वालिङले सहज जित निकाल्न सक्यो ।मंगलबारको जितसँगै वालिङले जारी लिगमा दोस्रो जित निकालेको छ । जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै पराजित चन्द्रपुरले ६ खेलमा ३ अंकमात्र जोडेको छ ।
चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । महिला लिगमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेल चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली एपिएफ तथा दिनको दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपलिका मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया