भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु आन्दोलित

काठमाडौँ : कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका आवसीय चिकित्सकहरु धर्नामा बसेका छन् । कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्दै धर्नामा बुसेकाा हुन् । उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।
‘कोभिड जोखिममा अगाडि, जोखिम भत्तामा पछाडि ?, ‘आवासीय चिकित्सकको योगदानको सम्मान गरौं, कोभिड जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराऔँ’ लेखिएका प्लेकार्ड बोकेका उनीहरुले आफूहरुमाथि भेदभाव भएको गुनासो गरेका हुन् । १० महिनादेखि कोभिड संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकलाई अस्पताल प्रशासनले विभेद गरेको उनीहरुले बताएका छन् ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरु आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा वहिष्कार गर्दै आन्दोलित भएका हुन् । जोखिम भत्ता उपलब्ध गराउने प्रक्रिया सुरु नगरे अस्पतालका निर्देशकको कार्यकक्षमा समेत तालाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया