श्वेता खड्काले कुटेको भन्दै प्रहरीमा सुष्मा कार्कीको उजुरी

काठमाडौं : अभिनेत्री सुष्मा कार्कीले अभिनेत्री श्वेता खड्काले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरी महानगरीय वृत्त दरबारमार्गमा उजुरी दिएकी छिन् । उनले श्वेतासँगै उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले पनि आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।
दरबारमार्गका प्रहरी इन्स्पेक्टर प्रदीप सुवेदीले सुष्माले सोमबार साँझ नै उजुरी दर्ता गराएको जानकारी गराउँदै सोधपुछ गर्ने तयारी गरिरहेको बताएका छन् ।
‘सुष्माको निवेदन परेको छ । हामी अर्को पक्षलाई बोलाएर छलफल गर्ने तयारी गरिरहेका छौं,’ सुवेदीले इकागजसँग भने ।
सुष्माले सोमबार साँझ लन्डन पब क्याफेमा आफूमाथि कुटपिटको घटना भएको दाबी गरेकी हुन् । सुष्माको दाबीको सत्यता बुझ्न प्रहरीले सिसिटिभी फुटेज मगाएर हेरिरहेको जानकारी इकागजले प्राप्त गरेको छ । ‘सीसीटीभी फुटेजमा सुरुमा सुष्मा र पत्रकार उत्सव रसाइलीबीच विवाद भएको देखिन्छ । पछि उत्सव अर्कोतिर लागे पछि श्वेताको बहिनी आरती खड्काले सुष्मालाई भुत्ल्याएको देखिएको छ ,’ दरबारमार्गको प्रहरी कार्यालय स्रोतले बतायो ।
सुष्माले श्वेता खड्का र उनको साथमा रहेका पति तथा बहिनीलृ कुटपिटसँगै आफूलाई तथानाम गाली गरेको र अपशब्द प्रयोग उजुरी गरेकी छिन् ।
सुष्मासँग यो विषयमा सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । सुष्मा अहिले पनि दरबारमार्गको प्रहरी वृत्तमै रहेको प्रहरीले जानकारी दिएको छ ।
तस्बिर : लन्डन पबको फेसबुक
सुष्माको झगडा परेको भनिएको लन्डन पबमा श्वेता पत्रकार उत्सव र पति विजयेन्द्रका साथ

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया