ग्रामीण उद्यम र कृषि विकासका लागि विश्व बैंकको साढे नौ अर्ब ऋण स्वीकृत

काठमाडौं : विश्व बैंक सहयोगको कृषि व्यावसायीकरण तथा व्यापार आयोजनामा ठूलो भ्रष्टाचार भएको तथ्य उद्घाटित भइरहँदा विश्व बैंकले कृषि क्षेत्र सम्बन्धित नै अर्को परियोजनाका लागि ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकले कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषि क्षेत्रको पुनस्र्थापना र उत्पादन वृद्धिका लागि ८ करोड अमेरिकी डलर (साढे नौ अर्ब रुपैँया) ऋण स्वीकृत गरेको छ । यो कार्यक्रम अन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत् ग्रामीण उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना गरिनेछ ।
विश्व बैंकद्वारा स्वीकृत ऋण सहयोगमा सञ्चालन हुने ग्रामीण उद्यमशीलता र आर्थिक विकास (रुरल इन्टरप्राइज एण्ड इकोनोमिक डेभलपमेन्ट) परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई प्रवद्र्धन गर्नेछ । जसबाट खासगरी महिलाले नेतृत्व गरेका उद्यमहरुको विकासमा सहयोग पुग्ने बताइएको छ ।
यसले ग्रामीण उत्पादनको गुणवत्ता अभिवृद्धि (भ्यालु एडिसन), रोजगारी सिर्जना तथा साना किसान र संस्थागत खरिदकर्ता (क्रेता)बीच दीगो सम्बन्ध स्थापित गर्न सहयोग गर्नेछ । परियोजनाले नयाँ गन्तव्य बजारहरुको मापदण्ड अनुसार उत्पादनको गुणस्तर सुधारलाई ध्यान दिनेछ ।
‘यो परियोजनाले सरकार र निजी क्षेत्रलाइ आपसमा सहकार्य गर्दै ‘नेपाल ब्राण्ड’का कृषि उत्पादनलाई विश्व बजारमा पहिचान दिलाउन सक्नेछन्,’ विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकको नेपाल मिसनले भनेको छ, ‘नेपालको प्रतिस्पर्धी र तुलनात्मक लाभ भएका चिया, कफी, फलफूल, औषधीजन्य उत्पादनको विकासले कोरोना भाइरस महामारीपछि नेपालको कृषि क्षेत्रको पुनस्र्थापनाको गति तीव्र हुनेछ ।’
यो परियोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिी र सुदुरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ । ग्रामीण उद्यमीका लागि पर्याप्त बजार अवसर स्थापित हुने भन्दै विश्व बैंकले परियोजनाले प्रदेश र स्थानीय सरकार तथा मध्यस्थकर्ता संस्थाको क्षमता विकासका साथै कृषि क्षेत्रका साना र मझौला उद्यमशीलताको सुदृढीकरण र उद्यमशीलता इकोसिस्टम विकासमा काम गर्ने जनाएको छ ।
यो परियोजनाले स्थानीय सरकारको कृषि केन्द्रहरुमार्फत् कृषि उत्पादनको मूल्य श्रृंखला पूर्वाधार विकासमा लगानी गर्नेछ भने परियोजना कार्यान्वयन शुरु भएलगत्तै कोभिड–१९ प्रताडित कृषि क्षेत्रको पुनस्र्थापनाको ढाँचा तयार गरिनेछ । श्रम–सघन र नगद ज्यालामा आधारित संयन्त्रबाट रोजगारी सिर्जनालाई सकेसम्म प्राथमिकता दिइने उल्लेख छ ।
विश्वव्यापी कृषि अभ्यासका लागि विश्व बैंकका कृषि अभ्यास प्रबन्धक लोरेन रोन्चीले नेपालको कृषि रुपान्तरण र कोभिड–१९पछिको आर्थिक पुनस्र्थापनाका लागि प्रतिस्पर्धी क्षमता विकास र ग्रामीण रोजगारी सिर्जना महत्पूर्ण सवाल रहेको बताइन् ।
यो परियोजना नेपाल सरकारले कार्यान्वयन गरिरहेको कृषि विकास रणनीति अनुरुप डिजाइन गरिएको छ र यसले निजी क्षेत्रको सहभागिता सहित आर्थिक विकासलाई गति दिने दीगो, प्रतिस्पर्धी, समावेशी र उत्थानशील कृषि क्षेत्रको विकास हुने विश्व बैंकले जनाएको छ ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया