सत्ता नछाडे कडा कदम चाल्ने म्यानमार सेनालाई अमेरिकाको चेतावनी

काठमाडौँ : सत्ता हातमा लिएर नेताहरूलाई गिरफ्तार गरेको म्यानमार सेनालाई अमेरिकाले कडा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आङ साङ सूकीलगायतका नेताहरूलाई रिहा गरेर सत्ता नछाडे कडा कदम चाल्ने चेतावनी म्यानमार सेनालाई दिएका हुन् । साथै उनले तत्कालै म्यानमारका नेताहरूलाई सत्ता सुम्पिन पनि आग्रह गरेका छन् ।
यस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक पनि बोलाउने तयारी छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएर थप छलफल गर्ने योजना बनाएको छ ।
सोमबार म्यानमार सेनाले सत्ता हातमा लिएपछि यसको संसारभर विरोध भइरहेको छ । नेपालले पनि म्यानमारका नेताहरूलाई गिरफ्तार गर्ने सेनाको कदमको विरोध गरेको छ ।

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया