प्रकाश बुढाथोकीलाई आइलिग खेल्ने अवसर

काठमाडौँ : नेपालका राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित मानिने भारतको इण्डियन सुपर लिग (आइलिग) खेल्ने अवसर पाएका छन् । भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित भएपछि उनले आइलिग खेल्ने अवसर पाएका हुन् ।
आइलिग भारतको ‘ए’ डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान उपमहानगरपालिका-२० पटनाली निवासी बुढाथोकीलाई यहाँको पुरानो फुटबल क्लब धरान फुटबल क्लबले आज बिदाइ गरेको छ । एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै बिदाइ गरे । क्लबले उनलाई रु आठ हजार नगद पनि प्रदान गरेको थियो ।
धरान फुटबल क्लबबाट आफ्नो फुटबल यात्रा शुरु गरेका बुढाथोकीले नेपालको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए । आफ्नो प्रोफाइल हेरेर क्लबले अनुबन्ध गर्दा खुशी लागेको उनले बताए । “उत्कृष्ट प्रदर्शन गर्न हरसम्भव प्रयास गर्नेछु, यो अवसरलाई चुक्न दिने छैन, नेपाली खेलाडीको सान बनाउने मेरो लक्ष्य छ”, उनले भने । रासस

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया