निर्वाचन आयोग खर्चालु हुँदैछ.... ?

काठमाडौं : सरकारद्वारा घोषित चुनावको मिति आउन अब ८६ दिन बाँकी छ । यतिखेर निर्वाचन आयोगले चुनावका लागि ४ करोड रुपैयाँ हाराहारीमा खर्च गरिसकेको छ । त्यो रकम आयोगले मतदाता नामावली र मतदान केन्द्रका निम्ति खर्च गरेको हो ।
उसले केही दिनभित्रै चुनाव खर्च बाँडफाँडसहित रकम निकासा निम्ति अर्थ मन्त्रालयलाई प्रस्ताव पठाउँदैछ । त्यसअतिरिक्त आयोग निर्वाचन सामाग्री खरिदका निम्ति टेण्डर आह्वान गर्ने तयारीमा छ ।
यद्यपि प्रतिनिधि सभा विघटनका हकमा सदर÷बदर के हुन्छ भन्ने अन्यौलका कारण खर्च शैलीलाई अलि सुस्त बनाएको छ । ‘सरकारद्वारा घोषित समयकै निम्ति चुनावी काम अघि बढाउनुपर्ने हुँदा’ आयोगका एक पदाधिकारी भन्छन्, ‘समय नजिकिने क्रमसँगै खर्चको गति तीव्र हुन्छ । चुनावसँगै आयोग खर्चालु हुन्छ नै ।’
अदालतको फैसलापछि एक महिनापछि हुने हो भने र प्रतिनिधि सभा पुनस्र्थापना भएको खण्डमा २० करोड रुपैयाँ क्षति भइसकेको हुन्छ । ‘त्यो क्षतिको जिम्मा कसले लिने ?’ आयोगका एक पदाधिकारीले भने, ‘अब टेण्डर आह्वान गरी सामान खरिदको प्रक्रियामा जानुपर्छ । टेण्डर आह्वान गरी सामान खरिद प्रक्रियामा लागेपछि ठेकेदारले दाबी गर्छ नै ।’

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया