विघटनविरुद्ध आन्दोलन गर्नुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ : प्रदीप पौडेल

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्नुपर्छ भन्नेमा पार्टीभित्र अलमल नभएको बताएका छन् । विघटनविरुद्ध कांग्रेसका विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनलाई सम्वोधन गर्न मोरङ पुगेका नेता पौडेलले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको पौडेल बताए । केही व्यक्तिहरूले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताएपनि त्यस्तो नभएको बताए ।
कांग्रेस विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर आन्दोलनका लागि मैदानमा आइसकेको बताए । त्यस्तै विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधानसमेत रहने कि नरहने भन्ने कुरामा आशंका रहेको बताए ।
“नेपालको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ । लोकतन्त्र रहन्छ कि रहँदैन । यो संविधान रहन्छ कि रहँदैन । बर्माको जस्तै फेरि अर्को घटना हुन्छ कि । विभिन्न तानाबानाहरू बुनिन्छ कि भनेर मान्छेहरूले अनुमान गरिरहेको स्थिति छ,” उनले भने ।
त्यस्तै प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आन्दोलनलाई निरन्तरता दिनेमा ढुक्क बन्नसमेत पौडेलले आग्रह गरे ।

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

आज प्रतिनिधिसभाको बैठक बस्दै

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रतिक्रिया