सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

सियोना श्रेष्ठको उपचारमा ‘अफरिङ ह्याप्पीनेस’ समूहद्वारा सवा लाख सहयोग

काठमाडौं : बिरलै देखिने वंशाणुगत स्पाइनल मस्कुलर एट्रोफी(एसएमई –१)बाट पीडित बालिकालाई अस्ट्रेलियाबाट ‘अफरिङ ह्याप्पीनेस’ समूहले सवा लाख रुपैयाँ सहयोग गरेको छ। जन्मजात यो रोगबाट पीडित नवलपरासी जिल्ला रामग्राम–२ कि १३ महिने बालिका सियोन श्रेष्ठको उपरार्थ सहयोगका लागि संकलित १ लाख २४ हजार सहयोग उनको बुवा डा. सन्दीप श्रेष्ठलाई सम्पर्क गरेर खातामा ट्रान्सफर गरिदिएको सहयोग संकलनमा संलग्न शिशिर ढुंगानाले जानकारी दिए।

ढुंगानाकाअनुसार प्रेमप्रकाश शाहीको नेतृत्वमा फेसबुकमार्फत सहयोगको अपील गरिएको थियो। सो समूहले नेपालबाट १५ हजार ४०५ र अस्ट्रेलियाबाट १ हजार ३०१ अस्ट्रेलियन डलर गरी सवा लाख नेपाली रुपैयाँ सहयोग संकलन गरेको हो।

बिरलै देखिने स्पाइनल मस्कुलर एट्रोफी(एस्एमई –१) चार प्रकारको हुन्छ। टाइप १ देखि ४ सम्म। सुयोनका बुवा डा. सन्दीपकाअनुसार उनलाई टाइप १ देखिएको हो। टाइप १ सबैभन्टादा बढी खतरनाक हुन्छ । चिकित्सककाअनुसार यो रोगबाट पीडित धेरैजसो बालबालिका समयमै उपचार नभए दुई वर्षभन्दा बढी बाच्दैनन्।

यसको उपचार पनि नेपालमा हुँदैन। सियोनका बुवा डा. क्षेत्रीकाअनुसार उनलाई अहिले उपाचारका लागि पोल्याण्डमा लगिएको छ। तर आर्थिक अभावमा उनको उपचार सुरु हुन सकेका छैन।

उनको उपचारमा २० करोढ बढी लाग्ने बताइएको सियोनका बुवा डा. सन्दीप श्रेष्ठलाई उदृत गर्दै आर्थिक संकलन अभियानमा संलग्न शाहीले बताए। उनकाअनुसार सियोनका बुवा डा. श्रेष्ठले विश्वभरका नेपालीलाई सहयोगका लागि अपील गरेका छन्। अस्ट्रेलियामा आर्थिक सहयोग संकलनमा संजय दनै, प्रशन्ना कार्की, सुरेन्द्र न्यौपाने, सुदर्शन र रायमाझी र अश्मीता क्षेत्रीलगायतले सहजीकरण गरेका थिए।