थपिए १५९ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर सोमबार थप १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।
२४ घण्टामा २६४ संक्रमित कोभिडमुक्त भएका छन् भने नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । नेपालमा सोमबार कोभिडका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोभिडका कारण २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइसोलेसनमा छन् भने ९७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर परीक्षण गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया