शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

‘शिक्षा अधिकारका लागि नागरिक अभियान प्रभावकारी बनाऔँ’

काठमाडौँ  : अधिकारकर्मी र शैक्षिक अभियानकर्मीले संविधानको मौलिक हकमा रहेको शिक्षा अधिकारको व्यावहारिक कार्यान्वयनका लागि सरकार र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । शिक्षा अधिकार अनुगमन समिति (एजुकेशन वाच ग्रुप) र लुनिभाः बाल सरोकार समूहको आयोजनामा शिक्षा अधिकारको अभियानमा क्षमता अभिवृत्ति विषयमा सोमबारदेखि सुरु भएको तीन दिन दिने राष्ट्रिय कार्यशालामा सहभागीहरुले सङ्घीय शिक्षा ऐन चाँडो ल्याइनुपर्नेमा जोड दिएका छन् । 

 शिक्षा अधिकारका लागि नागरिक संस्था सामूहिकतामा आउनुपर्ने, शिक्षामा बजेट वृद्धि गरिनुपर्ने, शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता लागू हुनुपर्ने र सूचना तथा सञ्चारको उपयोग गर्दै बालमैत्री शिक्षाको सुनिश्चित हुनुपर्ने उनीहरुको माग रहेको छ । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले शिक्षाको अधिकारको कार्यान्वयन अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै शिक्षा निजी विषय नभई सार्वजनिक विषय भएकाले यो अधिकारबाट कोही पनि बञ्‍चित हुन नहुने मान्यता अन्तर्राष्ट्रियरुपमै स्थापित भइसकेको बताए । उनले गणतन्त्रको प्राप्तिपछि निर्मित संविधानतः माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भएकाले यसको कार्यान्वयनमा सरकार र नागरिक समाज सक्रिय हुनुपर्ने बताए ।