एपिएफ अस्पताल र मानवसेवा आश्रमबीच उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल एपिएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानवसेवा आश्रमका संरक्षक डा गोविन्द टन्डनको उपस्थितिमा आश्रम र अस्पतालबीच सम्झौता भएको हो । माघ ९ गते २०औँ सशस्त्र प्रहरी दिवस २०७७ का अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजनामार्फत आश्रममा संरक्षित व्यक्तिलाई नेपाल एपिएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।
समारोहमा मानवसेवा आश्रमका संरक्षक डा टन्डनले पवित्र कार्यका लागि सशस्त्र प्रहरी बललाई धन्यवाद दिए । एपीएफ अस्पतालमा उपलब्ध आकस्मिक बहिरङ्ग, साधारण तथा विशेषज्ञ ओपिडी, अन्तरङ्ग सेवाअन्तर्गतका वार्ड सबै, आइसीयु, एचसियु एचडियु, माइनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछन् ।
रेडियोलोजीअन्तर्गत एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आइसीयू र डाइलासिसका लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधिहरू, मुटुरोग, मिर्गौला रोग मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीका लागि अस्पतालमा उपलब्ध औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ ।
अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ र आश्रमको सिफारिसमा काठमाडौँ उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शववाहन सेवा, अस्पतालबाट खरीद गरिएका औषधि निःशुल्क प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया