बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

पोर्चुगलका राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीको बधाई

फाइल तस्बिर

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिमा पुन निर्वाचित भएका मार्केलो रिबेलो डि सौसालाई बधाई दिएकी छन् ।  राष्ट्रपति भण्डारीले पोर्चुगलका राष्ट्रपतिलाई आज बधाई सन्देश पठाएर पोर्चुगलको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरिन् ।  

नेपाल र पोर्चुगलबीच विद्यमान जनस्तरको निकट सम्बन्धमा जोड दिँदै उनले भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग अझ विस्तार हुने विश्‍वास सन्देशमा व्यक्त गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्‍चमा पोर्चुगलसँग निकटमा रहेर नेपाल सरकारले सहकार्य गर्न चाहेको सूचना पनि राष्ट्रपति  भण्डारीले सन्देशमार्फत दिएकी छन् ।